चीनलाई पछि पार्दै जापानले बनायो विश्वकै तिव्र गतिको बुलेट ट्रेन

काठमाडौं, ३० बैशाख । जापानले विश्वकै सबैभन्दा छिटो चल्ने बुलेट ट्रेनको परिक्षण सुरु गरेको छ ।

जापानले बनाएको विश्वकै सबैभन्दा तिव्र गतिको बुलेट ट्रेन ‘अल्फा एक्स’ लाई सन् २०३० मा लञ्च गरिनेछ ।

दश डिब्बावाला उक्त बुलेट ट्रेनको गति ३६० किलोमिटर प्रति घन्टा (२२४ माइल) हुने बताइएको छ ।

अहिले सबैभन्दा तिव्र गतिको मानिएको चीनको फुक्सिंग ट्रेनको तुलनामा यो बुलेट ट्रेन प्रतिघन्टा १० किलोमिटर छिटो गतिमा कुद्नेछ ।

सबैभन्दा विशेष कुरा यस ट्रेनको पोइन्टेड नोज ७२ फिट लामो छ । टोक्यो देखि जापानको उत्तरी होक्काइडो क्षेत्रको मुख्य शहर साप्पोरोलाई यो अल्ट्रा फास्ट नेटवर्कले जोड्ने छ ।

जब यो तिव्र गतिको बुलेट ट्रेन आफ्नो टप स्पिडमा दौडन्छ त्यतिबेला टोकियो देखि साप्पोरोसम्मको यात्रा साँढे चार घन्टामा पूरा गर्न सकिनेछ ।

अल्ट्राफास्ट स्पिडयुक्त यो ट्रेनमा कैयौं उत्कृष्ट प्रविधिको प्रयोग गरिएको छ । यसमा ट्रयाकको वरिपरि म्याग्नेटिक प्लेट लगाइनेछ । यसमा एयर ब्रेकको साथसाथै पारम्परिक ब्रेकको पनि प्रयोग गरिएको छ ।

अल्फा एक्स बुलेट ट्रेनमा कैयौं यस्ता विशेषता जडित छन् जसकाे कारणले यसमा भूकम्पको खास असर पर्दैन ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here