एकैदिन १९ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २९ असोज । नेपालमा एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १९ जनाको मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ९४ पुगेको छ । सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here