थप ३११४ जनामा कोरोना पुष्टि, ३१४२ जना संक्रमणमुक्त

काठमाडौं, १८ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार १ सय ४२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ४१ हजार १ सय ३४ पुगेको छ।

आज देशभर ३७ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here