च्याम्पियन्स लिग: बार्सिलोनाको लगातार तेस्रो जित

काठमाडौं, २० कात्तिक । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ।

गएराति भएको समूह चरणको तेस्रो खेलमा बार्साले डीनामो किएभमाथि २–१ को जित निकालेको हो। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जेरार्ड पिकेले एक-एक गोल गरे ।

खेलको चौथो मिनेटमा नै कप्तान लियोनल मेस्सीको पेनाल्टी गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो।

पहिलो हाफमा १-० ले अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा १ गोल थप्यो। खेलको ६५ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै २–० को अग्रता बनाए। खेलको ७५ औं मिनेटमा डीनामो किएभले सान्त्वना गोल फर्काए।

जितसँगै बार्सिलोनाले समूह ‘जी’ अन्तर्गत तीन खेलबाट ९ अंक जोडेको छ । बार्सिलोना तालिकाको शीर्ष स्थानमा छ । पराजित डायनामो एक अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here