घरमै यसरी बनाउन सकिन्छ तरबुजाको आइसक्रिम

गर्मी महिनाको सुरुवातसँगै तरबुजाको व्यापार बढ्छ । मिठो हुने र शित्तलता पनि प्रदान गर्ने यो फल धेरै नै लोकप्रिय छ ।

पर्याप्त पानीको मात्रा हुने यो फल हामी मध्ये धेरै मानिसको पहिलो रोजाईमा पर्ने गर्छ । यो देख्न जति आर्कषक हुन्छ खान पनि त्यत्तिकै मजादारयुक्त हुन्छ ।

यसले विभिन्न रोगहरुसँग लड्ने क्षमता दिन्छ । यसले तपाईंको रोग प्रतिरोधी क्षमतालाई पनि बढाउँछ ।

गर्मी महिनामा देख्दैमा मुख रसाउने तरबुजालाई विभिन्न तरिकाले खान सकिन्छ । यसको आइसक्रिम पनि बनाएर खान सकिन्छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ तर, हामीले घरमा नै तरबुजाको आइसक्रिम बनाएर खान सक्छौं ।

आज हामी तपाईंलाई घरमै तरबुजाको आइसक्रिम बनाउने तरिका सिकाउन गइरहेका छौं ।

घरमै तरबुजाको आइसक्रिम बनाउन के के आवश्यक पर्छ ?

१. तरबुजा — ३ कप ( काटेको )
२. कागतीको रस —एक चम्चा
३. अदुवाको झोल —दुई चम्चा
४. दुध — एक सय ग्राम
५. चिनी — दुई चम्चा
६ पुदिनाको पात — दश वटा

कसरी बनाउने ?
१. तरबुजालाई ससाना टुक्रामा काटेर ८ देखि १० घण्टासम्म फ्रिजमा राख्ने

२. यसपछि तरबुजाको टुक्रा, चिनी, कागतीको रस, दुध, पुदिनाको पात र अदुवाको झोललाई एउटा भाडोमा राखेर विस्तारै मोल्ने

३. त्यसपछि एउटा हावा नपस्ने टाईट भाडोमा यो मिश्रणलाई राखेर ४—५ घण्टासम्म फ्रिजमा राख्ने

४. तरबुजाको आईसक्रिम तयार भयो अब तपाईं यसलाई गर्मी अनुभव भएको बेलामा खान सक्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here