थप २८१७ जनामा कोरोना पुष्टि, २८१२ जना संक्रमणमुक्त

काठमाडौं, २३ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८१२ जना निको भइ घर फर्केका छन्। यो सँगै नेपालमा एक लाख ५७ हजार ९ सय २६ जना संक्रमित उपचारपछि निको भएका छन्।

हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here