काठमाडौं उपत्यकामा ९७३ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २७ कात्तिक । काठमाडौं उपत्यकामा ९७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२८ महिला र ५४५ पुरुष संक्रमितहरु थप भएका हुन् ।

काठमाडौंमा मात्र हालसम्म १७ हजार ४५ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २९३ जनाको मृत्यु भएको छ । त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार २९२ जना सक्रिय संक्रमित रहेका छन् भने ७५ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार ५१२ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ७९ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here