बैतडीमा बस दुर्घटना: ९ जनाको मृत्यु, २५ घाइते

काठमाडौं, २८ कात्तिक । बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ । २५ जना घाइते भएका छन् ।

बैतडीको गन्नाबाट महेन्द्रनगरको लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक गएराति करिब साढे १० बजेतिर दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै ज्यान गएको हो।

थप एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये बैतडीको दोगडाकेदार-६ का प्रहरी जवान रणबहादुर चन्द, नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल बडु र तारा गिरीको नाम खुलेको छ ।

उनीहरुका ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।त्यसैगरी उपचारका क्रममा डडेल्धुरा अस्पतालमा कञ्चनपुरको भिमदत्त नगरपालिका ८ की १५ वर्षीया कृतिका कार्कीको ज्यान गएको छ । बसमा धनगढी, महेन्द्रनगर, बैतडी तथा दार्चुलाका यात्रु रहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here