कोरोनाको महामारीपछि १ लाख ४१ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

फाइलफोटो

काठमाडौं, २८ कात्तिक । कोरोना भाइरस महामारीको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण अहिलेसम्म विदेशमा रहेका १ लाख ४१ हजार नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार नियमित र चार्टर्ड उडानमार्फत बिहीबारसम्म १ लाख४१ हजार १५७ नेपाली स्वदेश फर्किएका हुन् ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार उक्त तथ्यांक चैत ११ गतेदेखि कात्तिक २७ गतेसम्मको हो ।

कोभिड–१९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितका कारण विदेशमा अलपत्र परेका तथा स्वदेश आउनै पर्नेलाई सरकारले नेपाल आउन सहजीकरण गर्दै आएको छ ।

स्वदेश फर्कनेहरुमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट ४१ हजार ७८१ जना छन् भने सबभन्दा कम सोमालिया २ जना रहेका छन् ।

उनीहरु अधिकांश रोजगारीका लागि र केही अध्ययन, तालिम प्रशिक्षण, उपचार र परिवारिक भेटघाटका सिलसिलामा ति मुलुकमा पुगेका थिए ।

केन्द्रका अनुसार हालसम्म साउदी अरेबियाबाट १९ हजार १६६ मलेशियाबाट १९ हजार २०९ कतारबाट २८ हजार १७२, कुवेतबाट १० हजार ६९७, जापानबाट ३ हजार ९ सय ९२, दक्षिण कोरियाबाट २ हजार ६५, ओमनबाट १ हजार ७८४ बहराइनबाट १ हजार ३३९ जना स्वदेश फर्किएका छन् ।

अष्ट्रेलियाबाट १ हजार २ सय ४४, टर्कीबाट ३ हजार ७३० , बंगलादेशबाट ९७०, माल्दिभ्सबाट १०१८, सिङ्गापुरबाट ११६६ जना नेपाली स्वदेश फर्केका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here