थप ५०२ जनामा कोरोना संक्रमण, २८७८ जना संक्रमणमुक्त

फाइल फोटो

काठमाडौं, २ मंसिर । पछिल्लो २४ घण्टामा देशभर ५०२ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३११२ जनाको पिसिआर परीक्षणमा ५०२ जनामा कोरोना संक्रमण देखिएको हो । यो सहित संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ।

देशभर २८७८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ। आज देशभर ३० हजार ९८६ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here