‘रोक, हेर र जाऊलाई पालना गराउँदै ट्राफिक प्रहरी’

काठमाडौं, ३ मंसिर । सवारी चालकहरूले शाखा सडकबाट मुल सडकमा सहजै निस्कने ट्राफिक नियम रोक, हेर र जाउँ (Stop, Look & Go) लाई पालना गराउन बुधबारदेखि ट्राफिक प्रहरी खटिएका छन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शाखा सडकबाट मुल सडकमा सहजै निस्कन (Stop, Look & Go) का ट्राफिक संकेत बोर्डहरुको पालना गराउन ३८० वटा शाखा सडकमा ३८० जना ट्राफिक प्रहरी खटाएको हो ।

सवारी चलाउँदा विशेषगरी ट्राफिक संकेत, अपनाउनु पर्ने सावधानी जस्ता नियमहरुको पालना गर्नुपर्ने भएता पनि कतिपय सवारी चालकहरुले त्यसो गरेका छैनन् ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले उपत्यकाको ट्राफिक चाप व्यवस्थित गर्न तथा चोक जक्सनमा हुने सवारी दुर्घटना न्यूनिकरण गरी सहज र सुरक्षित यात्रा गराउनका लागि त्यस्ता ट्राफिक संकेत बोर्डहरू निर्माण गरी राखिएको बताए ।

उक्त नियम सवारी चालकहरूलाई पालना गराउन र सिकाउन पिकआवरको समयमा ३र३ घण्टा ट्राफिक प्रहरी खटिने छन् । बुधबार बिहानको समयमा मात्रै तीन हजार पाँच सयको हाराहारिमा चालकहरुलाई उक्त संकेत बोर्डको महत्व तथा फाइदाको बारेमा सम्झाई बुझाई गरि पालना गर्न समेत सुझाएको ढकालले बताए ।

यस्ता बोर्डहरू काठमाडौ उपत्यकाको मूल सडकमा निस्कने शाखा वा भित्री सडकको मुखैमा राखिएको महाशाखाले जनाएको छ ।

भित्री वा शाखा सडकबाट मूल सडकमा निस्कने सवारी चालकहरूले अनुशासित भई उक्त Stop, Look & Go (रोक, हेर र जाउँ) को नियम पालना गरी जाम तथा दुर्घटना रहित सहज यात्रा गरि सभ्य सडक संस्कृतिको विकास गरिदिनुहुन सम्पूर्ण सवारी चालकहरूलाई विशेष अनुरोध पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here