थप १९४५ जनामा कोरोना संक्रमण, ५३६४ जना संक्रमणमुक्त

काठमाडौं, ५ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १९४५ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ३ सय ४० नमुना परीक्षण गर्दा १९४५ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सहित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार ९ सय ६५ जना पुगेका छन् ।

गत २४ घण्टामा ५३६४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ जना रहेको छ ।

नेपालमा निको भएको दर ८८ प्रतिशत पुगेको छ । गत २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने १२९८ जना छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here