काठमाडौं उपत्यकामा ११०७ जना कोरोना संक्रमित थपिए

फाइल फोटो

काठमाडौं, ५ मंसिर । काठमाडौं उपत्यकामा ११०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १९४५ जनामा संक्रमण पुष्टि हुँदा उपत्यकामा आधा भन्दा बढी संक्रमित भएका हुन् ।

संक्रमित थपिएकामा काठमाडौंका ८६२, भक्तपुर ७१ र ललितपुरमा १ सय ७४ जना छन् । संक्रमितमध्ये महिला ४८४ र पुरुष ६२३ जना छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here