पोखरामा प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु

फाइलफोटो

काठमाडौं । पोखरामा प्याराग्लाइडिङ दुर्घटना पाइलटको मृत्यु भएको छ । यसका साथै एकजना यात्रु गम्भीर घाइते भएकी छिन् ।

फेवातालको सिरान क्याम्पचोकमा ल्याण्ड गर्ने क्रममा फिस्टेल प्याराग्लाइडिङ दुर्घटना भएको हो । प्याराग्लाइडिङ ल्याण्डिङ एसियाभन्दा करिव डेढ किलोमिटरमाथि जमिनमा खसेको थियो ।

मृत्यु हुने चालक पोखरा महानगरपालिका–२८ घर भई लेकसाइड बस्दै आएका ३८ वर्षीय राजु गैरे नेपाली रहेका छन् । साथै घाइते हुने यात्रु बूढानीलकण्ठ नगरपालिका–२, काठमाडौंकी २८ वर्षीया शिला श्रेष्ठ रहेकी छिन् ।

टाउकोमा चोट लागेका चालक नेपालीलाई पोखराको मेट्रोसिटी अस्पतालका चिकित्सकले मृत घोषणा गरिसकेका छन् ।

छाती र खुट्टामा चोट लागेकी श्रेष्ठको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here