रोयल इन्फिल्डका दुई नयाँ भेरियन्ट बजारमा, कति छ मूल्य ?

काठमाडौं । रोयल इन्फिल्डले आफ्नो मोडल ‘क्लासिक ३५० सीसी’ को सिग्नल्स भेरियन्टमा दुई नयाँ मोटरसाइकल अन्तर्गतका दुई आकर्षण रंगहरु ‘एयरबर्न ब्लु र स्ट्रोम्राइडर स्यान्ड’ सर्वजनिक गरेको छ ।

रेट्रो लुक्स र म्याट फिनिस भेरियन्टको यो मोटरसाइकलमा डुअल च्यानल एबीएस राखिएको छ । सुरुवाती दिनहरु देखिनै सफलता हासिल गर्दै आएको यस रोयल ब्रान्डका ब्रान्डका मोटरसाईकलहरुले आफ्नो गौरबमय इतिहासलाई निरन्तरता दिँदै यो मोटरसाईकल बजारमा ल्याएको हो ।

बीएस आइभी संस्करण अन्तर्गत रेट्रो लूक्स, म्याट फिनिस भएको यस मोटरसाईकलमा थप सुरक्षाको लागी ड्युल च्यानल एबीएस पनि राखिएको छ ।

यसको मुल्य रु ५,९९,९९९ मात्र राखिएको छ । यो मोटरसाइकल एयरबर्न ब्लु र स्ट्रोमराइडर स्यान्ड गरी दुई नयाँ आकर्षक रङ्गहरुमा आगामी मंसिर १४ गते देखि बुकिङ्ग तथा विक्री वितरण सुरु गरिने छ ।

सन् २००८ देखि बिक्री बितरणमा आएको रोयल ईन्फिल्ड क्लासिक ३५० सीसी मोडलका मोटरसाईकलहरुले दोस्रो विश्व युद्ध पश्चातको ब्रीटिस मोटरसाईकलहरुको स्मरण गराउने कम्पनीले जानकारी गराएको छ ।

नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्स प्रालिले आफ्ना १९ वटा डिलरमा यसको बिक्री प्रवद्र्धन सुरु गर्ने बताएको छ ।

सम्बान्धित समाचार

रोयल इन्फिल्डले नयाँ मोटरसाइकल ‘मेटियोर ३५०’ ल्याउँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here