पर्यटन मन्त्री भट्टराई ७७ वटै जिल्ला पुगे, हुम्ला भ्रमण ७७ औं !

काठमाडौं, १६ मंसिर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलेले नेपालका ७७ वटै जिल्लाका भ्रमण गरेका छन् ।

आफ्नो राजनीतिककालदेखि देशका अधिकांस जिल्ला पुगेका भट्टराई मंगलबार हुम्ला पुगेसँगै ७७ जिल्ला भ्रमण पुराएको सामाजिक सञ्जाल मार्फत जनाएका छन् । उनले मंगलबार हुम्लाको सिमिकोट पुगेका उनले ७७ जिल्ला पुगेको रेकर्ड बनाउन सफल समेत बताएका छन् ।

सिमिकोट विमानस्थल निरीक्षण गर्दै मन्त्री भट्टराईले मानसरोवर जाने मुख्य ढोका हुम्ला भएकोले धार्मिक तथा साँस्कृतिक हबको रुपमा विकास गर्नु पर्ने बताए ।

मन्त्री भट्टराईले पर्यटनको हिसाबले पूर्वको लुक्ला जति नै पर्यटक सिमिकोटमा आउँने बताउँदै धार्मिक साँस्कृतिक पर्यटनलाई लक्षित गरी विमानस्थल विस्तार गरिने बताए ।

यहाँको संस्कृति विशिष्ट प्रकृतिको छ त्यसैले सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न आवश्यक छ उनले भने । त्यस‌ले पर्यटन विविधतालाई ध्यान दिदै हुम्लाको गुरुयोजना बनाएर पूर्वाधारको विकास गर्न आग्रह गरे ।

हुम्लाको पर्यटन क्षेत्रको विकासको लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । मन्त्री भट्टराईले सिमिकोट विमानस्थलमा निमार्ण भई रहेको एप्रोन,पाकिङ लगायतका काम चाडो सक्न निर्देशन समेत दिए ।

नेपाल कम्युनिस्ट पाटीका स्थायी कमिटी सदस्य समेत रहनु भएका मन्त्री भट्टराईले नेकपा भित्र अन्तरविरोध मात्रै भएको बताउदै कुनै पनि हालतमा पाटी नफुटने उनको भनाई थियो ।

सासद छक्कबहादुर लामाले सिमिकोट एयरपोर्टमा ४५ सिटे जहाज बस्न सक्ने गरी विमानस्थलको विस्तार गर्न मन्त्री भट्टराईसँग आग्रह गरे ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले राष्ट्रिय सडक संञालमा नजोडिदा सुत्केरी तथा विरामी समस्यामा परेको साथै टेलिफोनको समस्या रहेको मन्त्री भट्टराईलाई जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here