नेपाल बंगलादेश बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित २.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६को भन्दा ३.५८ प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा ५ प्रतिशत बोनस र ७ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश दिएको थियो ।

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here