चिसोमा बच्चाको हेरचाह कसरी गर्ने ? (टिप्स सहित)

काठमाडौं । चिसो मौसममा बच्चाहरुको हेरचाहमा ध्यान पुर्याउन सकिएन भने स्वास्थ्य सम्बन्धी विभिन्न प्रकारका समस्याहरु पैदा हुन्छन् ।

यस मौसममा बच्चालाई जति नै कपडा लगाईदिए पनि उनीहरुलाई चिसो लाग्छ । खासमा मौसम परिवर्तनको असर उनीहरुलाई धेरै हुन्छ जसको रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । यस मौसममा बच्चाहरुलाई रुघाखोकी र घाँटीमा संक्रमण हुने खतरा बढी हुन्छ ।

चिकित्सकहरुका अनुसार यस मौसममा नवजात शिशुको न्यानो कपडा लगाइदिनुको साथै उनीहरुलाई तातो बनाएर राख्न आवश्यक हुन्छ । चिसो बढी भएमा बच्चा बिरामी पनि पर्न सक्छ । बच्चाको सास फेर्ने नली साँघुरिन्छ । यस्तोमा खकार जमेर सास लिनमा कठिनाई हुन सक्छ ।

ध्यान दिनुपर्ने कुरा

– टाउको, खुट्टा र हत्केला राम्रोसंग छोपिने कपडा लगाईलिने,

– दैनिक नुहाउनुको सट्टा मनतातो पानीमा सफ्ट एन्टिब्याक्टेरियल लिक्वीड हालेर नरम कपडा भिजाएर पुछिदिने,

– दैनिक मनतातो तेल लगाईदिने,

– न्यानो कपडा लगाएर घाममा राखिदिने, बच्चालाई ताजा हावाको साथै भिटामिन–डी पनि प्राप्त हुन्छ ।

– चिसो तथा खाना नखुवाउने

– आमाको दुध अघाउन्जेल खुवाउने आमाको दुधमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ ।

– राति सुतेको बेला धेरै कपडा नलगाईदिने । धेरै कपडा लगाईदिदाँ पसिना धेरै आएर झनै समस्या बढ्नसक्छ ।

– बच्चालाई कुनै समस्या देखिएमा तुरुन्त बाल चिकित्सकसंग परामर्श गर्ने । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here