थप १४९० जनामा कोरोना पुष्टि, १५६७ जना संक्रमणमुक्त

फाइल फोटो

काठमाडौं, १७ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा १४९० जनामा कोरोना संक्रमण देखिएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३६ हजार २४६ रहेको छ । थप १५६७ जना संक्रमण मुक्त भएको छन् । संक्रमित मध्ये संक्रमित मध्ये २ लाख १८ हजार १६१ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या १६ हजार ५सय ४७ रहेको छ ।

पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १५८३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here