नेपाल एयरलाइन्सलाई पुनः १५ दिनका लागि हङकङ उडानमा प्रतिबन्ध

काठमाडौं, १९ मंसिर । नेपाल एयरलाइन्स फेरि कारबाही परेको छ ।

सरकारी ल्याबको रिर्पोट लिएर हङकङ उडेका ६ जनामा कोरोना देखिएपछि हङकङले नेपाल एयरलाइन्सलाई पुनः १५ दिनका लागि उडानमा प्रतिबन्ध लगाएको हो ।

हवाई सेवा उडानमा ३ देखि १५ डिसेम्बरसम्म उडानमा प्रतिबन्ध लगाएको बताइएको छ ।

यसअघि हङकङले पहिलो पटक अक्टोबर ४ देखि नोभेम्बर १७ सम्म, दोस्रोपटक अक्टोबर २० देखि नोभेम्बर ३ सम्म र तेस्रो पटक नोभेम्बर १२ देखि २५ सम्म उडान प्रतिबन्ध लगाएको थियो।

यसअघि ३ पटकसम्म हङकङ उडानमा प्रतिबन्ध लागेपछि नेपाल एयरलाइन्सले हङकङ जाने उडानमा नेपालका सरकारी ल्याबको रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेका थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here