फ्रेन्च टेनिस फेडरेसनसँग ओपोको सहकार्य

काठमाडौं, ७ जेठ । स्मार्टफोन निर्माता ओपोले फ्रेञ्च टेनिस फेडरेसन (एफएफटी)सँग सहकार्यको लागि सम्झौता गरेको छ ।

सम्झौतासँगै आगामी तीन बर्ष (२०१९–२०२१) का लागि ओपो रोल्याण्ड–गार्रोस र रोलेक्स प्यारिस मास्टर्स प्रतियोगिताको आधिकारिक स्मार्टफोन पार्टनर बनेको छ ।

सम्झौतापछि ओपोका उपाध्यक्ष ब्रायन शेनले भने, ‘२०१९ रोल्याण्ड गार्रोस प्रतियोगिताको साथमा हामी यस गरिमामय टेनिस प्रतियोगिताको सहयात्राको सुरुवात गर्नेछौं ।’

त्यस्तै एफएफटीका अध्यक्ष बर्नाड ज्युजचेलीले रोल्याण्ड गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको पहिलो चिनिँया पार्टनरका रुपमा ओपोलाई स्वागत गर्न पाउँदा निकै हर्षित भएको बताएका छन् ।

सम्झौतापछि ओपो र रोल्याण्ड गार्रोसले ब्राण्ड सजगता, भिडियो कन्टेन्ट उत्पादन, यूवा प्रतिभा विकास र प्रविधि तथा उत्पादन अनुभव लगायत क्षेत्रमा सहकार्य गर्ने बताएका छन् ।

ओपोको प्रिमियम स्मार्टफोनहरु फाईन्ड एक्स र रेनोबाट रोल्याण्ड गार्रोस प्रतियोगिताका विशेष पलहरु कैद गरि स्टेडियममा फोटो ग्यालरीका रुपमा प्रदर्शन गरिने पनि बताईएको छ ।

यूवा प्रतिभाहरुलाई अवसर र प्रेरणा प्रदान गर्ने उद्देश्यले ‘जुनियर वाइल्ड कार्ड सिरिज’को टाइटल स्पोन्सरका रुपमा पनि ओपो आवद्ध भएको छ । यसले चीन, भारत र ब्राजिलका उदयिमान यूवा एथ्लेट्सलाई प्रतियोगिता सम्म पुग्न सघाउने अपेक्षा गरिएको ओपोले बताएको छ ।

ओपोका उपाध्यक्ष ब्रायन शेन भन्छन्, ‘यूरोपमा सर्वाधिक लोकप्रिय खेलका रुपमा रहेको टेनिसका लागि कडा एथ्लेटिसिजम मात्र नभइ सुन्दरता र कलात्मकताको पनि आवश्यकता पर्छ, ओपोको आफ्नो उत्पादन प्रतिको सिद्धान्तसंग यो मिल्दो जुल्दो छ ।’

ओपोले यूरोपियन बजारमा आफ्नो व्यावसाय वृद्धि गर्ने उद्देश्यले विभिन्न किसिमका प्रवद्र्धनात्मक क्रियाकलापहरु गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here