एक्सनएड नेपालको सत्रौं सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

काठमाडौं । एक्सनएड नेपालको आफ्नो सत्रौं राष्ट्रिय समाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएकोे छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै शुक्रवार भर्चुअल माध्यमबाट कार्यक्रम सम्पन्न गरेको हो ।

सामाजिक लेखाजोखा कार्यक्रममा एक्सनएड नेपालले सन् २०१९ तथा २०२० मा सम्पन्न गरेका कार्यक्रमहरुको लागत, प्रभावकारिता र उपलब्धिको प्रस्तुती र छलफल गरेको थियो । कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि, लक्षित समुदायका प्रतिनिधि, साझेदार संस्था, सरोकारवाला, सञ्चार माध्यम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र शुभचिन्तकहरुले सहभागिता जनाएका थिए ।

एक्सनएड नेपालले विगत ३८ वर्षदेखि गरिबि निवारण, सामाजिक न्याय र असमानता विरुद्ध काम गरिरहेको छ । सन् २००२ देखि स्थानिय स्तरमा तथा सन् २००४ देखि राष्ट्रिय स्तरमा जवाफदेहीता तथा पारदर्शिता सुनिश्चित गर्न एक्सनएड नेपालले निरन्तररुपमा वार्षिक रुपमा सामाजिक लेखाजोखाको आयोजना गर्दै आएको एक्सनएड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले जानकारी दिइन् ।

कार्यकारी निर्देशक माथेमाले वार्षिक सामाजिक लेखाजोखा कार्यक्रम गर्दा गत वर्षमा प्राप्त परिणामहरुको सहभागितामूलक प्रक्रियाद्धारा पुनरावलोकन तथा मूल्यांकन गरी भावी कार्यक्रमलाई थप गुणस्तरीय र प्रभावकारी बनाउन सरोकारवालाहरुको रचनात्मक तथा आलोचनात्मक सुझावहरु संकलन गर्ने अवसर दिएको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here