काठमाडौं, ९ जेठ । विकट भौगोलिक अवस्था र जटिल मौसमी विविधतामा रहि प्रकृति संरक्षणमा योगदान पुर्याउने सैनिकहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘प्रकृति संरक्षण पदक’ प्रदान गरेका छन् ।
‘प्रकृति संरक्षण पदक’ प्राप्त गर्ने नेपाली सेनामा कार्यरत ६५०९ सैनिक मध्ये रथी देखि महासेनानी सम्मका २० जनालाई बुधबार प्रधानसेनापति थापाले पदक प्रदान गरेका हुन् ।
सोहि अवसरमा पदक प्राप्त गर्ने मध्ये समारोहमा उपस्थित प्रमुख सेनानीदेखि सिपाहीसम्मका ५० जनालाई बलाध्यक्ष रथी गौरव तण्डुलले पदक प्रदान गरेका थिए ।
नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७५ जेठ १३ गते बसेकोे बैठकले सैदान्तिक स्वीकृति गरेपछि प्रकृति संरक्षण पदक प्रदान गर्ने स्थायी कार्यविधि अनुसार प्रत्येक वर्षको असोज ०३ गते (संविधान दिवस)मा प्रकृति संरक्षण कार्यमा योगदान पुर्याउने नेपाली सेनामा कार्यरत व्यक्तिहरुलाई प्रकृति संरक्षण पदक प्रदान गरिने बताइएको छ ।
























