च्याउ खानु स्वास्थ्यको लागि फाइदै फाइदा

काठमाडौं । प्राय सबैलाई मन पर्ने च्याउ खानमा स्वादिलो हुनुका साथै भिटामिन, मिनरल र फाइबर जस्ता पोषक तत्वले भरपुर हुन्छ ।

च्याउमा ‘लाइसिन’ नामक ‘अमीनो अम्ल’ अधिक मात्रामा हुन्छ । यो अमिनो अम्लले मान्छेको सन्तुलित भोजनको लागि आवश्यक हुन्छ । च्याउमा भएको ‘एन्टी अक्सीडेट’ ले हामीलाई ‘फ्रि रेडिकल्स’ बाट बचाउनमा सहयोग गर्छ । माइक्रोवियल र अन्य संक्रमणबाट जोगाउँछ ।

यस्ता छन् च्याउ खानुका फाइदाः

१. च्याउले ब्लड प्रेसर नियन्त्रणमा सहयोग गर्छ । यस्ता समस्या भएका व्यक्तिको लागि च्याउ अति प्रभावकारी हुन्छ ।

२. यसमा कार्बोहाइडे«टको मात्रा पर्याप्त हुने हुनाले यसले कब्जियत, अपच, अति अम्लियता जस्ता पेटसँग सम्बन्धित विकारलाई हटाउन मदत गर्छ । यसका साथै यसले कोलेस्ट्रोललाई कम गर्छ ।

३. यसले शरीरमा इन्सुलिनको निर्माण गर्छ । च्याउ डायबिटिजका रोगीलाई फाइदाजनक हुन्छ । यसमा भिटामिन, मिनरल र फाइबर पाइन्छ । त्यसैगरी यसमा चिल्लो, कार्बोहाइड्रेट र सुगर हुँदैन, जुन डायबिटिजका रोगीका हानीकारक हुन्छ ।

४. यसमा लीन प्रोटिन पाइन्छ जसले तौल घटाउनमा मदत गर्छ ।

५. च्याउमा सोडियम साल्ट हुँदैन त्यसकारण च्याउ हृदयघातका बिरामीहरूका लागि महत्वपूर्ण आहार हो ।

६. यसले रगतमा होमोग्लोबिनलाई सन्तुलित बनाइराख्छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here