नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो ५१ प्रतिशत लाभांश

काठमाडौं, ७ पुस । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयर लगानीकर्तालाई ५१ प्रतिशत लाभांश घोषणा गरेको छ।

कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३१ प्रतिशत सेयर लाभांश र २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।

कम्पनीले एक विवरण सार्वजनिक गर्दै १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बराबरको शेयर लाभांश र रु. १ अर्ब ९ करोड ९१ लाख ४९ हजार ७ सय १९ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो।

कम्पनीको १ सय कित्ता सेयर हुनेले ३१ कित्ता बोनस पाउने छन् भने २ हजार रुपैयाँ नगद पाउने छन्।

उक्त प्रस्ताव बीमा समिति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ।

जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको जीवन बीमा क्षेत्रकै सर्वाधिक करिब रू. ५ अर्ब ५० करोड रहेको चुक्तापूँजी लाभांश वितरण पश्चात रु. ७ अर्ब १९ करोड हुनेछ भने लगानी रू. १०४ अर्ब रुपैयाँ रहेको छ।

त्यस्तै, कम्पनीको जीवन बीमा कोष ९४ अर्ब ८२ करोड रुपैयाँ र शेयरधनी कोष ९ अर्ब ७७ करोडभन्दा बढी रहेको छ। कम्पनीले यस आर्थिक वर्षको मंसिर समान्त सम्ममा जम्मा रू. १३ अर्ब ३१ करोड बीमा शुल्क संकलन गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here