निजी क्षेत्रको लगानी रहेको हालसम्मकै ठूलो जलबिद्युतमा ९ बैंकले लगानी गर्ने, नेतृत्वमा नेपाल बैंक

काठमाडौं, ७ पुस । नेपाल बैंकको नेतृत्वमा बिभिन्न ९ वटा बैंक तथा बित्तिय संस्थाले लाप्चे खोला जलबिद्युत आयोजनामा लगानी गर्ने भएका छन् । आयोजनामा ती बैंक तथा वित्तीय संस्थाले कुल १९ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्न लागेका हुन ।

आयोजनामा नेपाल बैंकले ५ अर्ब, नेपाल ईन्भेष्टमेण्ट बैंकले ३ अर्ब ५० करोड, कर्मचारी संचयकोषले २ अर्ब, राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब, हिमालयन बैंकले २ अर्ब, लक्ष्मी बैंकले १ अर्ब ८८ करोड २५ लाख, नेपाल एसबीआई बैंकले १ अर्ब, बैंक अफ काठमाण्डूले १ अर्ब र कृषि बिकास बैंकले १ अर्ब रुपैयाँ लगानी गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसकालागि आयोजना र बैंकबीच सम्झौता भइसकेको छ । आयोजना कुल लागत २६ अर्ब २० करोड रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ ।

लाप्चे खोला जलबिद्युत निजिक्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको देशकै ठूलो आयोजना हो । यसको क्षमता १ सय ६० मेगावाट छ । ब्यापारिक घराना एमभी दुगड ग्रुपको मुख्य लगानी रहेको नाशा हाईड्रोपावरले प्रवद्र्धन गर्न लागेको उक्त जलबिद्युत आयोजना दोलखा जिल्लाको बिगु गाउँपालिका स्थित लाप्चे खोलामा निर्माण हुनेछ ।

सरकारी स्वामित्वको नेपाल बैंकले आयोजनाको आर्थिक, प्राबिधिक, जोखिम लगायतका बिभिन्न पक्षहरुको समग्र बिष्लेषण गरी लगानी गर्ने निष्कर्षमा पुगेको नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले बताए ।

बैंकहरुमा तरलता सहज भएको बर्तमान अबस्थामा यस आयोजनमा लगानी गर्ने निर्णयले निक्षेपकर्ताको रकमको सहि उपयोग हुने अध्यक्ष अधिकारीले दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here