थप ७४३ जनामा कोरोना पुष्टि, ९५२ जना संक्रमण मुक्त

काठमाडौं, ८ पुस । पछिल्लो २४ घण्टामा देशभर ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७४३ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको पुगेको छ ।

थप ९५२ जना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४६हजार ६ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ। हालसम्म संक्रिय संक्रमितको संख्या ७ हजार ५ सय १५ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here