नेपाल बैंकर्स संघ र पोखरा विश्वविद्यालय बीच सम्झौता

काठमाडौं ९ जेठ । नेपाल बैंकर्स संघ तथा पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस बीच एक सम्झौता भएको छ ।

सम्झौतापत्रमा संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेसका निर्देशक डा. रविन्द्र घिमिरेले हस्ताक्षर गरे ।

सम्झौताले दुवै संस्था बीच वित्तीय साक्षरताका कार्यक्रमहरु ग्रामिण भेगमा अगाडि बढाउन सहयोग मिल्ने र आगामी दिनमा साथै वित्तीय साक्षरता तथा बैंकिङ्ग प्रवद्र्धनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

सम्झौता अनुसार विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुले वाणिज्य बैंकहरुसंगको सहकार्यमा ग्रामिण क्षेत्रमा गई वित्तीय साक्षरता बढाउनुका साथै बैंकिङ्ग कारोवारका लागि उत्प्रेरित गर्ने छन् ।

अभियानले नेपाल सरकारको ‘खोलौं बैंक खाता अभियान’ लाई समेत ठूलो मद्दत गर्ने अपेक्षा गरिएको बैंकर्स संघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here