चिसो मौसममा के खाने के नखाने ? (टिप्स सहित)

काठमाडौं । जाडो मौसम सुरु भएलगत्तै हामीलाई रुघा, खोकी, ज्वरोजस्ता स्वास्थ्यसम्बन्धी समस्याहरुले सताउने गर्दछ ।

यो मौसममा चिसोबाट बच्नुका साथै आफ्नो स्वास्थ्यको पनि विशेष ध्यान दिनुपर्छ । प्रतिरक्षा प्रणालीलाई बलियो बनाईराख्नको लागि यो मौसममा खानपानमा विशेष ध्यान दिनुपर्छ ।

यस्तो छ चिसो मौसममा खानुपर्ने र खान नहुने कुराः

के खाने ?

१. च्याउ

च्याउमा पाईने पोषक तत्वले हाम्रो शरिरको रोग प्रतिरोधक क्षमताको विकासमा सहयोग गर्छ । यसमा पाइने बिटा ग्लुकनले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने कार्य गर्दछ ।

२. लसुन

चिसो मौसममा लसुन निकै लाभदायीक मानिन्छ । यसले चिसो मौसममा कुनैपनि रोगको संक्रमण हुनबाट बचाउँछ भने भाइरससँग पनि लड्न सहयोग गर्दछ ।

३. सुप

चिसो हावाबाट बच्नका लागि सुपलाई निकै राम्रो मानिन्छ । ठूलो कचौरा एक कचौरा सुप पिउनाले पेट पनि भरिन्छ र तपाईंलाई चिसो र ज्वरोबाट बचाउँछ ।

४. पालुड्डो

पालुङ्गोमा निकै धेरै एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल पाइने हुनाले यसले प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने गर्दछ ।

५. गाजर

चिसो मौसममा गाजरलाई आफ्नो खानपानमा समावेश गर्नुपर्छ । यसले शरीरमा पैदा हुने भाइरसलाई नष्ट गर्ने गर्दछ ।

६. मरिच

चिसो मौसममा रुघा, खोकी र ज्वरोसँग लड्नका लागि तपाईंले आफ्नो खानामा कालो मरिच समावेश गर्न आवश्यक छ ।

७. अदुवा

चिसो मौसममा अदुवा मिसाएको चियाले शरिरलाई न्यानो बनाईराख्नको लागि सहयोग गर्छ ।

८. चिया

चिसो मौसममा सकेसम्म हर्बल चिया खानुपर्छ । यो मौसममा चिया पिउँने मानिसहरुलाई हत्तपत्त चिसोसम्बन्धी रोगले छुँदैन ।

जाडोमा के नखाने ?

– चिसो खानेकुरा र चिसो पेय पदार्थहरु
– आइसक्रिम र मिठाईहरु
– पनिर, क्रिम र दही

चिसो मौसममा के नगर्ने

. दिउँसो नसुत्ने
. चिसो पानीले ननुहाउने
. चिसोमा ऊनीका कपडा लगाएर बाहिर जाने
. चिसो हावा, पंखा वा एसीको सम्पर्कमा नरहने । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here