थप ७०८ जनामा कोरोना संक्रमण, ७३१ जना डिस्चार्ज

काठमाडौं, १४ पुस । नेपालमा थप ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ सय ३१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै अहिलेसम्म २ लाख ५१ हजार ३ सय १२ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here