६४ प्रतिशत बहुमत प्राप्त सरकारले विघटन गरेको संसद पुनःस्थापना किन ?

काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी ओलीले संसद पुनःस्थापना कुनै पनि हालतमा नहुने प्रष्ट पारेका छन् ।

बुधबार काठमाडौंमा आयोजित सुदूरपश्चिम भेलालाई सम्बोधन गर्दै ओलीले ६४ प्रतिशत बहुमत प्राप्त सरकारले विघटन गरेको दाबी गरे ।

अहिले जो जहाँ गए पनि विघटन हुँदा ६४ प्रतिशत थियो । संसद् पुनःस्थापना किन ? तमासाका लागि ? उनले प्रश्न गरे । अब अरुको सरकार बन्दैन । संविधानमा पनि त्यो व्यवस्था छैन ।

उनले बाँकी ३६ प्रतिशतले सरकार बनाउने अवस्था नभएकाले अबको विकल्प चुनाव नै भएको बताए । प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालसँग बहुमत नभएको स्पष्ट पारे ।

‘म मित्रताले अँगालो हाल्छु उहाँ धृतराष्ट्रको जस्तो अंगालो हाल्नुहुन्छ । मैले उहाँलाई षड्यन्त्रकारी राजनीतिक छोड्नुस् । राजनीति भनेको इमान्दारिताका साथ जनताको सेवा गर्नुपर्छ भनेको छु । उहाँ बहुमत छ भन्नुहुन्छ । के को बहुमत छ ?, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here