काठमाडौं, १७ पुस । नयाँ स्वरूपको कोरोना भाइरस चीनमा पनि देखिएको छ ।
चीनमा २३ वर्षीया एक महिलामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको बीबीसीले जनाएको छ । कोरोना भाइरसको सुरुवात एक वर्ष पहिला चीनमा नै भएको थियो ।
नयाँ स्वरुपको कोरोना भाइरसका सङ्क्रमित बेलायतमा धेरै भेटिएको छ भने अरु देशमा पनि फैलन सुरु भइसकेको छ । बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएपछि बेलायतसँगको आवातजावत धेरै देशले बन्द गरेका छन्।