यी हुन् वर्ष २०२० भित्र ला लिगामा सबैभन्दा धेरै गोल गर्ने ५ खेलाडी

काठमाडौं । कोरोना संक्रमणले २०२० को सुरुवाति चरणमा धेरै खेल प्रभावित भएपनि पछिल्ला चरणका खेलमा भने खासै प्रभाव पारेन ।

स्पेनिस फुटबल लिग ला लिगा अन्र्तगत २०२० को अन्तिम खेलमा ओसासुना र अलाभेसले खेलेपछि २०२० सबै खेल सकियो । यस्तोमा २०२० मा लालिगामा सबैभन्दा धेरै गोल कुन खेलाडीले गर्यो यो सबैको चासोको विषय हुनसम्छ ।

सन् २०२० ला लिगामा बार्सिलोनाका कप्तान समेत रहेका लियोनल मेस्सीले सबैभन्दा धेरै गोल गरेका छन् । मेस्सी यो वर्ष बार्सिलोनाको लागि १९ गोल गर्दै ला लिगामा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको अग्र पंक्तिमा रहेका छन् ।

त्यस्तै, २०२० मा धेरै गोल गर्नेको सूचीको दोस्रो नम्बरमा भिल्ला रियलका खेलाडीको जेरार्ड मोरोनी रहेका छन् । उनले यो वर्ष भिल्ला रियलको लागि कुल १८ गोल गरे ।

तेस्रो स्थानमा रियल मड्रिडका खेलाडी करिम बेन्जेमा रहेका छन् । बेन्जेमाले २०२० मा कुल १७ गोल गरे । त्यस्तै, चौथो स्थानमा सेल्टा भिगोका खेलाडी आसपास रहेका छन् । उनले २०२० मा सेल्टा भिगोको लागि १६ गोल गरे ।

बार्सिलोनाबाट यसै सिजन एथ्लेटिको मड्रिड गएका स्टाईकर खेलाडी लुईस सुवारेज २०२० मा ला लिगाबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीको पाँचौं नम्बरमा छन् । उनले २०२० मा बार्सिलोना र एथ्लेटिको मड्रिडका लागि कुल १४ गोल गरे । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here