थप ४१९ जनामा कोरोना संक्रमण, ७५० जना डिस्चार्ज

काठमाडौं, १८ पुस । नेपालमा थप ४१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ३१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ सय ५० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै अहिलेसम्म २ लाख ५३ हजार ८ सय ५७ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ७१ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here