‘हामीले फेरेको होइन, खिया लागेका दुईवटा नटबोल्ट खुस्कियो’

काठमाडौं, १८ पुस । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहको नेतत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई खिया लागेका नटबोल्टको संज्ञा दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खिया लागेका दुईवटा नटबोल्ट फूस्किएर पार्टी फुटेको बताएका हुन् ।

ओलीले एकताको तीन वर्षसम्म पार्टी हलनचल भएको बताए । उनले भने, समस्या कहाँ रहेछ ? खिया कहाँ लागेको रहेछ रु दुइटा नटबोल्ट फेर्दा गाडी अगाडि बढेको बताए ।’

उहाँहरु पार्टी फुट्यो भनेर कराईरहनुभएको छ हामी सक्कली हौं भनेर । यो बरमझीयाको बुढो पेडा पसल हो असली र नक्कली ? पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर हामी सक्क्ली हौं’, उनले भने, ‘जसको घर हो उसले मेरो घर हो भनेर निवेदन हाल्न जानुपर्छ ? हामीले बनाएको पार्टी हामी निवेदन हाल्ल्न जानुपर्दैन । भेट्नु कुइएर झरेका दुईवटा फलले रुखै मेरो हो भनेर दाबी गर्ने ? आउनूस् एकता गर्न । प्रचण्डलाई अध्यक्षमा राखिरहेका छौं ।’

प्रधानमन्त्री अ‍ोलीले प्रचण्ड र नेपालले तीन महिनामा पूरा हुने एकीकरणको काम तीन वर्षमा पूरा हुन नदिएको बताएका छन् ।

‘पार्टीले यस्ता कार्यक्रम गर्न पाएको थियो रु पार्टीमा झमेला मात्रै । पार्टीले देशका निम्ति महत्वपूर्ण काम गर्नुपथ्र्यो । तर, कार्यकर्तालाई अलमलमा राखियो । कार्यकर्तालाई काम गर्न दिइएन ।

हाम्रा तेज कार्यकर्ताहरु, बलिदानी पूर्ण तरिकाले आएका कार्यकर्ताहरु हलन चल भएर शिथिल भएर बस्नुपर्यो ।उहाँहरुको एजेण्डा संविधान संशोधन, संविधान संशोधन, देशको नक्सा छाप्दा उहाँहरुलाई कत्रो छटपटी छ’, उनले भने ।

प्रधानमन्त्री ओलीले कसैले निकाल्दैमा आफू पार्टीबाट ननिकालिने बताएका छन् । उनले घर मूलीलाई घरबाट निकालेको भन्न नमिल्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here