कलाकार पल्पसा डंगोलको ‘काली काली दिलवाली’ गीत सार्वजनिक

काठमाडौं । हाँस्य कलाकार पल्पसा डंगोल(चम्सुरी) को नयाँ गीत ‘काली काली दिलवाली’ सार्वजनिक भएको छ ।

गीतको भिडियो मेरीबास्सै चम्सुरी च्यानल मार्फत सार्वजनिक भएको हो । यस गीतको शब्द, लय प्रकाश पौडेल तथा पल्पसा डंगोलको रहेको छ, भने संगीत अशोक राईको रहेको छ ।

गीतमा प्रकाश पौडेललाई पल्पसा डंगोल ले स्वर दिनुका साथै अभिनय पनि गरेकी छन्।

म्युजिक भिडियो पवन डंगोलको छायाँकन गरेका छन् । निर्देशन गायिका तथा अभिनेत्री डंगोलको आफ्नै रहेको छ । सम्पादन रविन भट्ट रअशोक चौधरीले गरेका छन् । यस गीत अभिनेत्री डंगोलको पहिलो गीत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here