युट्युवमा पनि सुपरहिट ‘छक्का पन्जा ३’, ८१ लाखभन्दा धेरैपटक हेरियो

काठमाडौं । आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको चलचित्र छक्का पन्जा ३ युट्युबमा पनि सुपरहिट भएको छ ।

गत पुस ८ गते हाइलाइट्स नेपालले युट्युबमा राखेको यो सिनेमा एक साताभन्दा पहिलेदेखि ट्रेन्डिङ १ मा छ । यो सिनेमालाई अहिलेसम्म ८१ लाखभन्दा धेरैपटक हेरिएको छ ।

शिक्षा क्षेत्रमा हुने राजनितीलाई मुख्य कथा वस्तु बनाएर प्रस्तुत गरिएको यो सिनेमामा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारहरुको अभिनय रहेको छ ।

यसका अलवा प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइरालाको पनि अतिथि भूमिकामा अभिनय रहेको छ ।

केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माता रहेका सिनेमाको निर्देशन दिपाश्री निरौलाले गरेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here