२०२१ को पहिलो खेलमा बार्सिलोना आज ह्युस्कासंग भिड्दै

काठमाडौं । स्पेनिस ला लिगामा आज २०२१ को पहिलो खेलमा बार्सिलोना आज ह्युस्कासंग भिड्दै छ ।

नेपाली समयअनुसार रातको १ः४५ बजेबाट सुरु हुने खेल ह्युस्काको घरेलु मैदानमा हुँदैछ ।

२०२० मा राम्रो खेल प्रर्दशन गर्न नसकेको बार्सिलोना २०२१ को सुरुवात भने राम्रो प्रर्दशन गर्ने दाउमा छ । अहिलेसम्म लिगको १५ खेल खेलिसकेको बार्सिलोना ७ खेलमा जित, ४ खेलमा बराबरी र ४ खेलमा पराजित हुँदै २५ अंकसहित अंक तालिकाको छैटौं औं स्थानमा छ ।

यता १६ खेलमा १ खेलमा जित, ९ खेलमा बराबरी र ६ खेलमा पराजित भएको ह्युस्का अंक तालिकाको अन्तिम स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here