सन् २०२०ः हवाई उडान ४२ प्रतिशत घट्दा मृत्यु भने ४२ जनाको बढ्यो

काठमाडौं । सन् २०२० मा कोरोना संक्रमणको कारण हवाई यात्रामा कमी आयो । हवाई यात्रामा कमी आएपनि हवाई दुर्घटनामा मृत्यु हुनेको संख्यामा भने वृद्धि भएको एक अन्तराष्ट्रिय परामर्शदाता कम्पनीको तथ्यांकले निकालेको छ ।

डेनमार्कको उड्डयन परामर्शदाता कम्पनी टु७० को तथ्यांक अनुसार सन् २०२० मा विश्वभर हवाई दुर्घटनामा परेर २ सय ९९ जनाको मृत्यु भयो । जबकी यो संख्या २०१९ को तुलनामा ४२ जना बढी हो । २०१९ मा हवाई दुर्घटनामा परी २५७ जनाको मृत्यु भएको थियो ।

फ्लाइटराडार२४ को तथ्यांक अनुसार २०१९ को तुलनामा २०२० मा विश्वभर हवाई उडान ४२ प्रतिशतले कमी आएको थियो । (बीबीसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here