कोरोना संक्रमणबाट शेखर कोइरालाका दाजु निरञ्जनको निधन

काठमाडौं, १९ पुस । कोरोना संक्रमणबाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाको निधन भएको छ । कोइरालाको आइतबार बिहान ११ बजे नयाँ दिल्लीमा निधन भएको हो।

कोइराला विगत एक महिनादेखि नयाँदिल्लीको म्याक्स अस्पतालमा उपचाररत थिए। पछिल्लो सयम भारतको नयाँदिल्लीमा व्यवसाय गरेर बस्दै आएका थिए ।

केशव कोइराला र नोना कोइरालाका जेठा छोरा निरञ्जन कोइराला नेपालका प्रतिष्ठित पर्यटन व्यवसायीका रुपमा चिनिन्छन् । निरञ्जन नेपालको पञ्चायती शासनकाविरूद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय थिए।

निरञ्जन अस्पताल भर्ना भएको समाचारपछि डा। शेखर दाजुर्लाइ भेट्न एक महिनाअघि नयाँदिल्ली पुगेका थिए । निरञ्जनका दुई जना छोरा छन्। उनकी श्रीमतीको यसअघि नै निधन भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here