औषधीय गुण भएको अदुवा खानुका यस्ता छन् अनेक फाइदा

काठमाडौं । जाडो मौसममा धेरै रुचाइने अधुवा नेपाली भान्सामा चियामा राखेर खानुका साथै तरकारीमा राखेर पनि खाईन्छ । साथै, अदुवा हालेर जाडोमा सुप खाँदा पनि निकै फाइदाजनक हुन्छ ।

भिटामिन सी, क्याल्सियम, फस्फोरस, आइरन, जिन्क, कपर रक्रोमियमजस्ता पोषक तत्वले भरिपुर्ण अदुवा हुन्छ ।

यस्ता छन् अदुवा खानुका अनेक फाइदा

किटाणुसँग लड्छ

अदुवामा किटाणु तथा भाइरससँग लड्ने अद्भुत क्षमता हुन्छ । त्यसैले यसको नियमित सेवन गर्दा घाँटीको संक्रमण हुनबाट हामी बच्न सक्छौँ ।

दुखाई कम गर्छ

अदुवाको प्रयोगले हड्डी तथा जोर्नीहरुमा हुने दुखाइ पनि कम गर्छ । यसमा हुने तत्वले बाथरोगहरुबाट बचाउन सहयोग गर्छ ।

रगत सफा गर्छ

अदुवाले हाम्रो रगत सफा पनि गर्छ । शरीरमा भएका टक्सिन हटाएर अदुवाले हाम्रो रगत सफा गर्न धेरै नै सहयोग गर्छ ।

पाचन प्रक्रिया र रोगविरुद्ध लड्ने क्षमता बढाउँछ

अदुवाको प्रयोगले हाम्रो पाचन प्रक्रिया पनि बलियो बन्छ । यसले हाम्रो तौल घटाउन पनि सहयोग गर्छ । अनि हामीलाई चुस्तदुरुस्त राख्न पनि सहयोग गर्छ ।

खोकी कम लाग्छ

अदुवाले शरीरलाई बलियो बनाउनुका साथै हामीलाई लाग्ने खोकीबाट पनि छुट्कारा दिन्छ । सासप्रश्वासलाई राम्रो बनाउन पनि यसले सहयोग गर्छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here