‘चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरे, ढुक्क हुनुस् चुनाव तोकिएकै समयमा हुन्छ’

काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा चुनाव हुने दाबी गरेका छन् ।

बबरमहलमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले तोकिएकै समयमा चुनाव हुने दाबी गरेका हुन् ।

उनले चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरेकोे बताँउदै वैशाखमा तोकिएकै समयमै चुनाव गर्ने बताए । उनले बैशाख १७ र २७ गते चुनाव हुने र त्यसलाई कुनै शक्तिले पछि धकेल्न नसक्ने दावी गरे ।

सर्वोच्च अदालतमा धेरै निवेदन दिएको र त्यसको जवाफ दिएर आएको बताउँदै उनले विघटित संसद नबौरिँने र नयाँ चुनाव भएरै छोड्ने बताए ।

उनले अंग्रेजी वर्षको नयाँ वर्षमा गलत चिजहरु, संविधान विरोधी शक्तिहरु, गणतन्त्र विरोधी शक्तिहरु पराजित हुने, शान्ति, लोकतन्त्र पक्षधर शक्तिहरुको विजय हुने दावी गरे । ओलीले पार्टीबिरुद्ध ३ सय १५ बैठक भएकोमध्ये २ सय ८० बैठक खुमलटारमा बसेको दावी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here