थप ४२१ जनामा कोरोना संक्रमण, ६३७ जना डिस्चार्ज

काठमाडौं, १९ पुस । नेपालमा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ सय ३७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै अहिलेसम्म २ लाख ५४ हजार ४ सय ९४ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ८७ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here