हिमालय एअरलाइन्सद्वारा प्रयास नेपालका बालबालिकालाई सहयोग

काठमाडौं । हिमालय एअरलाइन्सले प्रयास नेपालका बाल बालिकाहरूलाई आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत पुनः सहयोग प्रदान गरेको छ । सन् २०२० को वार्षिक संस्थागत सामाजिक उत्तरदायित्वको एक हिस्साको रूपमा प्रयास नेपाललाई पुनः सहयोग प्रदान गरेको हो ।

एअरलाइन्सले अंग्रेजी नयाँ वर्ष पूर्वसन्ध्यामा वर्षभरि पुग्ने परिमाणमा बालबालिकालाई कपीहरु प्रदान गरेको हो। विद्यमान महामारीलाई ध्यानमा राख्दै एअरलाइन्सले कोभिड–१९ विरुद्ध लड्न आवश्यक स्वास्थ्य सामग्रीसमेत प्रदान गरेको छ।

सन् २०२०को डिसेम्बर ३१ मा प्रयास नेपालको छोटो अवलोकन भ्रमणका क्रममा हिमालय एअरलाइन्सका पदाधिकारीहरूले प्रयास नेपालका पदाधिकारीहरूलाई शैक्षिक र चिकित्सा सामग्रीहरू कोभिड–१९ का सम्पूर्ण सुरक्षामापदण्ड अपनाएर हस्तान्तरण गरे ।

प्रदान गरिएका सामग्रीमा १ हजार ६५० वटा कपी, दुई इन्फ्रारेड थर्मोमिटर, २ बोतल ह्यान्ड सेनिटाइजर र १ हजार थान फेस मास्क छन्।

हिमालय एअरलाइन्सले विगत वर्षहरुमा झैँं त्यस संस्थाका लागि आवश्यक शैक्षिक सामग्री, खाजानास्ता र अन्य उपभोग्य सामग्रीहरुका निरन्तर आपूर्ति गर्दै योगदान पुर्याएको थियो।

यस वर्ष पनि ८ देखि २० वर्ष बीचका २७ विद्यार्थी उनीहरूको शैक्षिक पाठ्यक्रमहरू पछ्याउन बार्षिक रुपमा आवश्यक पर्ने सामाग्रीहरु प्राप्त गर्ने एयरलाइन्सले जनाएको छ । बालबालिकाहरूलाई कोभिड–१९ को महामारीबाट रक्षा गर्ने उद्देश्यको साथ कोभिड–१९ का आवश्यक थप सामाग्रीहरु प्रदान गरिएको एयरलाइन्सले जनाएकोछ ।

हिमालय एअरलाइन्सकी ब्रान्ड र सेवा सुधार विभाग प्रमुख श्रीमती उज्ज्वला दलीले सन् २०२० अनिश्चितता र ओसिलो भविष्यको बर्ष रहेको बताइन् । साथै बालबालिकाहरूका लागि कोभिड–१९को डर र सामाजिक दूरीले स्कूल र कलेजमा निकै असर परेको उनको भनाइ थियो ।

उनले अगाडि भनिन्, ‘कोभिडविरुद्धको खोप आउने क्रमले सुरुङ्गको अन्त्यमा एउटा सानो प्रकाशको झिल्को देखिएको छ र शैक्षिक संस्थानहरू अब पुनःखोल्नका लागि तयारी गर्दैछन् । सामाजिक क्षेत्रमा केही गहन र अर्थपूर्ण योगदान पुर्‍याउने हाम्रो दृढ प्रतिबद्धताका साथ प्रयास नेपालप्रतिको हाम्रो वार्षिक प्रतिबद्धता पूरा गर्ने यो नै सही समय हो । हामी यस संस्थाका सबै क्षेत्रका बालबालिकाहरुका उत्थानका प्रयासलाई निरन्तर समर्थन गर्न कटिबद्ध छौं ।’

प्रयास नेपालका अध्यक्ष मणि जोशीले भनिन्, ‘हिमालय एअरलाइन्सले सन् २०१७ देखि निरन्तर हाम्रा बालबालिकाहरुलाई सहयोग पु¥याएकोमा हार्दिक आभारी छौं । हिमालयको योगदानले हरेक वर्ष हाम्रो मनोबल बढाउन मात्र सहयोग पुर्‍याएको छैन, हाम्रो संस्थागत विकासमा समेत टेवा पु¥याएको छ । यस महामारीको बर्षमा हाम्रा बालबालिकाहरूलाई उत्साहपूर्वक लालन–पालन गर्न र उचित हेरचाहका प्रयासमा निरन्तर लागि पर्न प्रेरित गर्दछ ।’

प्रयास नेपाल एक गैर–नाफामूलक सामाजिक संस्था हो, जसले विशेषगरी अनाथ, परित्यक्त, दुव्र्यवहारमा परेका र शारीरिक रूपले अपाङ्ग बालबालिकाहरूलाई नेपालका विभिन्न भागबाट आश्रय प्रदान गर्दै शिक्षा र सीपमूलक तालिम दिन निरन्तर कोशिसरत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here