काठमाडौं उपत्यकामा १९७ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १९ पुस । काठमाडौं उपत्यकामा थप १९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा काठमाडौंमा १६०, ललितपुरमा २६ र भक्तपुरमा ११ जनालाई कोरोना संक्रमण देखिएको हो ।

जसमा ८७ महिला र ११० पुरुष रहेका छन् । योसँगै उपत्यकामा एक लाख २० हजार ८५६ जना व्यक्ति संक्रमित भएका छन्।

हाल काठमाडौंमा २ हजार ९४२ ललितपुरमा ३६४ र भक्तपुरमा १६५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here