काठमाडौं उपत्यकामा थप १८५ जनामा कोरोना संक्रमण

काठमाडौं, २० पुस । काठमाडौं उपत्यकामा थप १८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा १४०, भक्तपुरमा २४ र ललितपुरमा २१ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । जसमा ८२ महिला र १०३ पुरुष रहेका छन् । योसँगै उपत्यकामा एक लाख २२ हजार ४१ जना व्यक्ति संक्रमित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here