राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवसमा को-को हुँदैछन् सम्मानित ?

काठमाडौं । नेपाल व्यावसायिक कलाकार संघले पुस २३ गते राष्ट्रिय विभूति कलाकार अरनिकोको स्मृति दिवस मनाउँदै छ । विगत २६ वर्षदेखि प्रत्येक वर्ष पौष २३ गतेका दिन राष्ट्रिय विभूति कलाकार अरनिकोको स्मृति दिवस मनाउँदै आएको हो ।

साथै संघले अरनिको स्मृति दिवसका दिन वर्षेनी विभिन्न विधाका कलाकारलाई सम्मान र प्रतिभा पुरस्कारहरु प्रदान गर्दै आएको अध्यक्ष आइ. बि. मल्लले बताए ।

एक दशक अगाडी कलाकार हेम पौडेल र कवियत्री गंगा पौडेलले हेम गंगा युवा कला पुरस्कार स्थापना गर्नु भए पछि हाल सम्म आइपुग्दा एक दर्जन पुरस्कार र सम्मान स्थापना भएको संयोजक प्रेम श्रेष्ठले बताए ।

यस वर्ष हेम गंगा युवा कला पुरस्कार कान्छा काजी भासिमालाई हेम गंगा, नारी प्रतिभा पुरस्कार सुश्री भद्र कुमारी घलेलाई, क्यान आईडियल व्यावसायिक कला अवार्ड अग्नी राज पौडेललाई, अमात्य कला पुरस्कार कृष्ण प्रकाश शाहलाई प्रदान गरिने छ ।

त्यस्तै सुरेन्द्र प्रधान दीर्घ कला साधना सम्मान वरिष्ठ कलाकार कृष्ण गोपाल रञ्जितलाई, मुल्मी ग्राफिक डिजाइन अवार्ड कृष्ण गोपाल श्रेष्ठलाई, क्यान सिग्देल आर्ट पुरस्कार कलाकार एवं कला लेखक दीपक कुँवर क्षेत्रीलाई, बालकृष्ण स्मृति कला पुरस्कार कलाकार दामोदार बराललाई र क्रोध कला शिरोमणी परम्परागत कला पुरस्कार मूर्तिकार श्याम दास (अशान्त) लाई प्रदान गर्ने निर्णय संघले गरेको छ ।

साथै संघले पौष २३ गते विहिबार १२ बजे क्लासिक भेनु सानेपामा आयोजना हुन गइरहेको सो अरनिको स्मृति दिवसको अवसरमा अग्रज कलाकार गोविन्द नारायण ज्यापु र समाज सेवी एवं रक्तदाता प्रेम सागर कर्माचार्यलाई सम्मान गरिने संघले जनाएको छ ।

बहुमुखी प्रतिभाशाली कलाकार अरानिको अरनिको सानो उमेरमा नै चिन गई आफ्नो उत्कृष्ट कला कौशलका कारण नेपाली कलालाई विश्वमा चिनाउन सफल कलाकार हुन् ।

अरनिकोले चीनमा उत्कृष्ट कला कौशलका कारण राजकिय सम्मान प्राप्त गरेका थिए । नेपाल सरकारले अरानिकोलाई राष्ट्रिय विभूति कलाकार घोषणा गरेको छ साथै उनको नाममा अरनिको राजमार्ग, हुलाक टिकट प्रकाशित गरेको छ । अरनिको विषयमा धेरै अध्ययन र अनुसन्धान हुन बाँकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here