क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का २५ दिनपछि कोरोना मुक्त

फाइलफोटो

काठमाडौं, २१ पुस । कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको २५ दिनपछि राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का कोरोना मुक्त भएका छन् ।

संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेर उनले कोरोना जितेका हुन् ।

खड्काले सामाजि सञ्जाल फेसबुक र ट्वीटरमा आफू २५ दिनपछि कोरोनामुक्त भएको जानकारी दिएका हुन् । पटकपटक पीसीआर परीक्षण गरेको र पछिल्लो समयको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनले बताएका छन् ।

मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनले गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता गुमाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here