शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं, २१ पुस । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको सोमबार बसेको बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २७.७६ बोनस सेयर र कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद गरी कुल २९.२३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।

आर्थिक वर्ष २०७७/७८ मा कम्पनीबाट हकप्रद शेयर जारी गरी चुक्ता पूँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८ सय पुगेको र आगामी साधारण सभाको लागि निर्धारण हुने बुक क्लोज मितिसम्म उक्त शेयर पूँजीमा २७.७६ प्रतिशत बोनस शेयर र १.४६ प्रतिशत नगद लाभांश गरी कूल २९.२३ प्रतिशत हुनेछ ।

बीमा समितिको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here