कतारमाथीको साढे तीन वर्ष लामो प्रतिबन्ध हटाउदै साउदी अरब

काठमाडौं । साउदी अरबले साढे तीन वर्षदेखि कतारमाथी लगाएको जल तथा स्थल सीमा माथीको प्रतिबन्ध हटाउने भएको छ ।

साउदी अरबमा आज हुन लागेको गल्फ कोअपरेशन काउन्सिलको एउटा सम्मेलनअघि कतारमाथीको प्रतिबन्ध हटाउने जानकारी आएको हो ।

आतङ्कवाद संगठनलाई समर्थन गरेको आरोप लगाउँदै कतारका छिमेकी देशहरू (यूएई, बहरेन, इजिप्टले साउदी अरब) ले साढे तीन वर्षअघि नाकाबन्दी लगाएका थिए ।

तर, कतारले भने यस आरोपको खण्डन गर्दै आएको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here